तरकारीको मूल्य १ वर्षमै १०९ प्रतिशतसम्म बढ्यो, खाद्यन्नको मूल्य २ महिनामा २२ प्रतिशतसम्म

साउन २६, काठमाडौँ । चाडपर्व नजिकिएसँगै उपभोक्ताको भान्सा झन्झन् महँगो बन्दै गएको छ । तरकारी, फलफूल, खाद्यान्नलगायत अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको तथ्यांकले नै एक वर्षमा तरकारीको मूल्य १ सय ९ प्रतिशतसम्म बढेको देखाउँछ । 

चामल, चिउरा, दाल, चिनी, तिल, गहुँ, कोदो, मकै, आँटाको मूल्य दुई महिनामा करिब २२ प्रतिशतसम्मले बढेको छ । ‘मूल्य बढ्नुपर्ने कारण छैन तर बजारभाउ दैनिक आकासिँदै गएको छ,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘ठूला व्यापारीले मूल्य बढाएका छन् । किन बढाए, त्यसबारे खुद्रा व्यापारीलाई केही जानकारी हुँदैन ।’ 

उनका अनुसार ठूला व्यापारीले खरिद बिल पनि मूल्य घटाएर दिने गरेका छन् । ‘अहिले चामल बोरामै (२० देखि २५ केजी) ५० रुपैयाँ बढेको छ । चिनी करिब ९० रुपैयाँ किलोसम्ममा बिक्री गर्नुपर्ने अवस्था छ,’ श्रेष्ठले भने । यो समाचार हामीले कान्तिपुर दैनिकबाट लिएका हौँ । 

null

फाइल तस्बिर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *