हङकङ विमानस्थल अस्तव्यस्त बनेपछी सयौँ भन्दा बढी उडान रद्द

  

 

साउन २८, हङकङ । अन्तर्राष्ट्रिय विमानस्थलले ३०० भन्दा बढी उडानहरु रद्द गरेको छ । मानिसको ठूलो समूहले विमास्थलमा आएर विरोध गरेका कारण विश्वकै सबैभन्दा ठूलो ‘ट्राभल हव’ अवरुद्ध भएको हो । 

null

सोमबारको मध्यरातदेखि मंगलबारको ११ः५५ साँझसम्म विमानस्थल बन्द गरिएका कारण बिहान ८ बजेसम्म बिहानका १६० उडान र विभिन्न गन्तव्यबाट हङकङ एयरपोर्टमा हुने १५० आगमन रद्द भएका छन् । 

चेकजाँच गराउने काउन्टरमा यात्रुहरुको लामो लाइन लागेका छन् । अरुहरु रातभर विमानस्थलमा सुतिरहेका थिए । आगमन कक्ष पूरै खाली थियो, केही अन्दोलनकारीहरु प्लेकार्ड बोकेर आगमनकक्ष क्षेत्रमा बाँकी थिए । 

हङकङ विमानस्थलका अधिकारीले उडानमा असर पर्ने देखेर आइतबारको उडानतालिका हेरफेर गरेको थियो । यात्रुहरुलाई विमानस्थल निस्कनुभन्दा पहिला एपमार्फत सूचना लिएर आफ्नो उडान सुनिश्चित गर्न आग्रह गरिएको छ । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *