अझै १५ वर्ष सम्म राजनीतिक मैदनामै हुने प्रधानमन्त्रीको दावी

भाद्र ४, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा  आफू अझै १५ वर्ष राजनीतिक मैदानमा रहने दावी गरेका छन् ।   

बुधबार बसेको  संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको गृहमन्त्रालयमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।   

उनले केही व्यक्तिहरुले आफूलाई महिरालोस् भन्ने चाहे पनि आफू अझै १५ वर्ष सम्म राजनीतिक मैदानमै हुने हुने बताएका छन् ।   

बुधबार बसेको संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

उनले भने ‘अचम्म लाग्छ । विरोधीहरु कति कमजोर भएछन् भने ऊ बाँचोस् तै पनि मुकाविला गर्छु भन्ने छैन, मरिहालेदेखि हुन्थ्यो भन्छन्’, उनले भने, ‘मलाई यस्ता प्रवृत्तिसँग केही भन्नु छैन। मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु।’ 

मिडिया र सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यको बारेमा भइरहेको चर्चा परिचर्चाको खण्डन गर्दै प्रधानमन्त्री ओलीले मरिहालोस् भन्नेलाई आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती समेत दिएका छन् ।   

उनले आउँदो निर्वाचनमा अस्तित्व रक्षाको लडाईं अहिलेदेखि नै सुरु भएको बताएका छन् ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *