अहिले कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ? के हुँदैछ उपचार ?

भदौ १२, काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।   

मिर्गौलामा समस्या आएपछि प्रधानमन्त्री ओली भदौ ५ मा पत्नी राधिकासहित सिंगापुर प्रस्थान गरेका थिए । मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत गत शुक्रबारदेखि उनको उपचार थालिएको थियो ।   

प्लाज्मा फेरेसिस् उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने हुन्छ ।   

Image result for प्रधानमन्त्री अाेली बिरामी

प्रम ओलीको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको उनका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले जानकारी दिए । रिमाल पनि ओलीसँग सिंगापुरमा छन् । अहिले उनको अवस्था सामान्य रहेको पनि उनले स्पष्ट पारे । यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुने उनकाे भनाइ छ । 

प्रधानमन्त्री ओलीको नीजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाह हिजै स्वदेश फर्किसकेकी छिन् ।   

१३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली यसअघि पनि सिंगापुरमा नियमित स्वास्थ्य जाँचका लागि जाने गरेका थिए ।  उनको मिर्गौलामा समस्या आएपछि यसअघि पनि उनी साउन १९ गते सिंगापुर गएका थिए । उपचार पश्चात् डाक्टरको सल्लाह अनुरुपमा फलोअपका लागि भदौ ५ मा उनी पुनः सिंगापुर प्रस्थान गरेका हुन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *