राष्ट्रियसभाको आजको बैठकमा समितिका दुई प्रतिवेदन पेश
मकालु खबर
२०७६ भदौ १३ गते
भाद्र १३, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ ।
‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश भएका हुन् ।
विधायन व्यवस्थापन समितिमा दफावार छलफलपश्चात समितिका सभापति परशुराम मेघी गुरुङले सभामा सो प्रतिवेदन पेश गरेका हुन् । रासस
मकालु खबर
२०७६ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित