सामाजिक सञ्जालमार्फत् एमबीएसकाे प्रश्नपत्र आउट गर्ने ५ जना पक्राउ

 

साउन २७, जनकपुर । धनुषामा परीक्षा अगावै एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गर्ने ५ जनालाई पक्राउ गरेको छ । 

परीक्षाबाट सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराएर बाँडेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । 

null

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २० वर्षीय सोनु कुमार साह, ३१ वर्षीय लिलाराम शिवरती, २२ वर्षीय लालबाबु मण्डल, २४ वर्षीय सुजित मण्डल र सर्लाहीको अभिनास महतो रहेका छन् । 

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम सेमेस्टर अन्तर्गत तथ्याङ्कशास्त्र बिषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *