कोठाबाट नगद सहित सुनका गहना चोरी

भदौ ८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै डेरा गरी बस्ने ४५ वर्षीया गंगा गिरीको कोठामा चोरी भएको छ ।शनिबार साँझ सुनका विभिन्न गहना र नगद ४ हजार रुपैयाँ समेत गरी करिब २ लाख ८४ हजार बराबरको सम्पत्ती चोरी भएको छ  । 

साथै काठमाडौं–९ सिनामंगलमा डेरा गरी बस्ने सुन्दरीजल घर भएकी ४९ वर्षीया चन्दा तामाङको कोठाबाट पनि चोरी भएको प्रहरीले जनाएको छ । शनिबार साँझ सुनका विभिन्न गहना र नगद ५० हजार रुपैयाँ समेत गरी करिब २ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *