गोर्खा सैनिकका सन्तानलाई नगरिकताबाट बञ्चित नगरौँः कांग्रेस सांसद कँडेल

 

साउन २४, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद देवेन्द्र कँडेलले भूपु गोर्खा सैनिकका सन्तानलाई वंशजको नागरिकता दिन माग गरेका छन् । 

शुक्रबार राजधानीमा भुतपुर्व सैनिक कल्याणकारी समिति नेपाल एवं ब्रिटिश गोर्खा नेपाली नागरिकताको निरन्तरता संघर्ष समिति बेलायत र नेपालको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा संसद कँडेलले यस्तो माग राखेका हुन् । 

null

गोर्खा सैनिकले बिश्वमा नेपाललाई चिनाई रहेको उनको दाबी छ । 

‘नेपाललाई विश्वमा जसरी गौतम बुद्ध र सर्वोच्च शिखर सगरमाथाले चिनाइ रहेका छन्, त्यसरी नै गोर्खा सैनिकले पनि नेपाललाई चिनाउने काम गरेको छ ।  उनका सन्तानहरुलाई वंशजको नागरिकताबाट बञ्चित गराउनु हुँदैन’, सांसद कँडेलले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *