अमेरिकी आप्रवासनः मिसिसिपीमा पक्राउ परेका ३०० आप्रवासी कामदार थुनामुक्त

साउन २४, एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा बुधबार प्रवासीहरूमाथि गरिएको ठूलो कारबाहीको क्रममा पक्राउ परेका मध्ये ३०० जनालाई थुनामुक्त गरिएको अधिकारीहरूले बताएका छन्। तर अभियानकर्ताहरूले पक्राउ परेका सबैजना थुनामुक्त हुनु पर्ने माग गरिरहेका छन्। 

आप्रवासीका बालबच्चाको अवस्थाबारे चिन्ताहरू व्यक्त भइरहेका छन्। मिसिसिपी राज्यका विभिन्न कृषि तथा खाद्य प्रशोधन उद्योगमा कार्यरत करिब ७०० आप्रवासी कामदारहरू आवश्यक कागजी प्रक्रिया पूरा नगरिकनै काममा लागेको आरोपमा पक्राउ परेका थिए। 

त्यो कारबाहीपछि आप्रवासीका बालबच्चाको अवस्था दयनीय भएका खबर सार्वजनिक हुन थालपछि विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्प प्रशासनको कारबाही भर्त्सना गरे। 

null

तर अधिकारीहरूले बालबालिकाको स्याहारको लागि आवश्यक बन्दोबस्त गरिएको बताएका छन्। राष्ट्रपति ट्रम्पले गत जुन महिनामा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका दशौँ लाख आप्रवासीलाई देश निकाला गरिनेू घोषणा गरेका थिए। तर अहिले मिसिसिपीमा गरिएको कारबाहीको आलोचना भइरहेको छ। 

अमेरिकन सिभिल लिबर्टिज् युनियन एसीएलयूले त्यो कारबाही अनावश्यक र क्रुर भएको बताएको छ। त्यसक्रममा खासगरी हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका कामदारहरूलाई विभिन्न उद्योगहरूबाट पक्राउ गरिएको थियो।उनीहरू दर्ता नभएका कामदार भएको आशंका गरिएको थियो। अहिले ती मध्ये आधा थुनामुक्त भएको बताइएको छ। 

तर विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले पछिल्लो कारबाही कामदारका बालबालिकाहरूका लागि हानिकारक हुन सक्ने भन्दै कारबाहीको भर्त्सना गरेका छन्। आप्रवासी कामदारहरू पक्राउ परेपछि उनीहरू मध्ये धेरैका केटाकेटी आमाबाबुबाट छुट्टिनु पर्ने अवस्थामा पुगेका छन्। 

आमासँग छुट्टिन बाध्य दुई बालकको हेरचाह गरिरहेकी क्रिस्टिना पेराल्टाले भनिन्, ‘बालकले भन्दै छ मेरी आमालाई उनीहरूले लगे। ऊ भन्दै छ ऊ ट्रम्पदेखि बेखुसी छ। उनीहरू रोइरहेका छन्। आमा नभएपछि म उनीहरूलाई लिन स्कुल गएँ। उनीहरू रोइराखेका छन्।’ 

अध्यागमन अधिकारीहरूले चाहिँ पक्राउ परेका सबै कामदारका केटाकेटीलाई शिशु स्याहार सुविधाको व्यवस्था गरिएको बताएका छन्। बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *