पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले दिइन् किटानी जाहेरी

भाद्र १, काठमाडौं । आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले किटानी जाहेरी दिएकी छिन् । आज पुडासैनीकी श्रीमती सम्झनाले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, रिपोर्टर युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकी हुन् । 

श्रीमती सम्झनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा आत्महत्या दुरुत्साहनमा लामिछाने, कँडेल र कार्की तीनै जनाविरूद्ध हदैसम्मको कारवाही माग्दै जाहेरी दिएकी हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी रुजुपछि जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको जनाएको छ ।  लामिछानेसहित तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान चलिरहेको छ । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले आज चितवनमा त्यस्तो उच्छृंखल प्रर्दशन नभएको बताउँदै किटानी जाहेरी जिल्ला आएपछि थप पक्रिया अघि बढ्ने बताए । 

Image result for शालिकराम पुडासैनी

कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले उनी निर्दोष रहेको भन्दै चितवन लगायत देशका विभिन्न क्षेत्रमा प्रदर्शन गरीरहेका छन् । यता पत्रकार पुडासैनीका समर्थकले समेत आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कारवाहीको माग गर्दै चितवनमा प्रर्दशन गर्दै आइरहेका छन् । 

पुडासैनीले आत्महत्याअघि कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ । पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । 

गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । तर, अनुसन्धान र कारबाही चाहिँ घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *