कमल थापालाई बाबुरामको जवाफः सिसाको घरमा बस्नेले झुपडीमा ढुंगा नहानौँ

भदौ ६, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाको टिप्पणीमाथि कडा जवाफ फर्काएका छन् ।   

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा रहेका बेला शेरबहादुर देउवा, उपेन्द्र यादव र बाबुरामले होटलमै पुगेर भेट गरेकोमा आपत्ति जनाउँदै लम्पसारवादको नमूना भएको आरोप लगाएका थिए ।   

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए, ‘फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमुना पेश गरे।’ 

Image result for कमल थापा बाबुराम

यसैमा विषयमा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सिसाको घरमा बस्नेले झुपडीमा ढुंगा नहानौँ भन्दै जवाफ फर्काएका हुन् । अध्यक्ष भट्टराईले आफूहरु छिमेकीसँग खुला सम्बन्धको पक्षमा रहेको स्पष्ट पारे । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘शिशाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला१सुगौलीसन्धी यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसंग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौँ !’ 

अध्यक्ष भट्टराईको ट्वीटका जवाफ फर्काउँदै थापाले खुला मित्रतापूर्ण सम्बन्धबारे भट्टराईको धारणासँग आफू सहमत भए पनि एक पूर्वप्रमले विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिकरुपमा भेटेको अलि सुहाएन कि ! भन्दै व्यंग्य गरे । उनले लेखेका छन्, ‘खुला मित्रतापूर्ण सम्बन्धबारे मेरो मित्रको धारणासँग सहमत छु। त्यस्तो सम्बन्ध समानता, स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामोसमय कायम आत्मसमर्पण अन्तहोस् भन्ने मेरो मान्यता हो। सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिकरुपमा भेटेको अलि सुहाएन कि ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *