मंगलबार फेरी नेकपा सचिवालय बैठक स्थगित
मकालु खबर
२०७६ भदौ ४ गते
भाद्र ३, काठमाडौँ । मंगलबार बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक फेरि स्थगित गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो तीन बजे हुन लागेकाे सचिवालयको बैठक अन्तिम समयमा आएर पर्याप्त गृहकार्य नभएको भन्दै स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।
श्रेष्ठको अनुसार पार्टीका विभागहरुको नेतृत्व सम्बन्धी विवाद लामो प्रयासबाट टुंग्याएको नेकपाले एकताका बाँकी प्रक्रियाबारे छलफल सुरु गर्न नसकेपछी बैठक स्थगित गरिएको हो ।
आजको सचिवालयको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका थिए ।
मकालु खबर
२०७६ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित