वर्गीकृत छात्रवृत्ति परीक्षामा सहभागी चार पक्राउ

 

साउन १८, जनकपुर । जनकपुरस्थित सकल भवन कन्या माध्यमिक विद्यालय केन्द्रमा वर्गीकृत छात्रवृत्ति परीक्षामा सहभागी भएका चार परिक्षार्थी पक्राउलाई प्रहरीले पक्राउ गरिएको छ ।  

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभीटी) द्वारा सञ्चाचित यस परिक्षामा उनीहरुले मर्यादा विपरित कार्य गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएकाे हाे । 

null

प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा सिरहाकी रिंकी यादव, धनुषाकी रुबीकुमारी यादव, रौतहटकी सम्झना साह र सप्तरीका रामानन्द यादव रहेका छन् । 

पक्राउ परेका उनीहरुले परिक्षा समयमा मोबाइल प्रयोग गरी चिट चाेरेकाे देखेपछी उनीहरुलाई पक्राउ गरि परिक्षाकेन्द्रबाट निकालिएको प्रहरीले जानकारी दिएका छन् । 

हाल उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *