योगगुरू रामदेवका सहयोगी बालकृष्ण अस्वस्थ, अस्पताल भर्ना

भदौ ८,  योगगुरू बाबा रामदेवका नजिकका सहयोगी आचार्य बालकृष्ण अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ।स्वास्थ्यमा समस्या आएपछि शुक्रबार करिब अपरान्ह ४ बजे उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

पतञ्जली योगपिठका अनुसार उनलाई पहिला हरिद्वारस्थित अस्पतालमा लगिएको थियो। तर अस्पतालले उनलाई एम्समा रेफर गरेको हो। 

उनको उपचारमा संलग्न चिकित्सक अधीक्षक ब्रहमप्रकाशले बालकृष्णलाई ‘अल्टर्ड कन्सिएयस’ स्थितिमा अस्पताल भर्ना गरिएको बताए।‘यो अवस्थामा बिरामीले आफ्नो आसपासको माहौल चिन्न सक्दैन। उनलाई यहाँ ल्याउँदा उनमा बेचैनी थियो। उनले स्थिति पहिल्याउन सकिरहेका थिएनन्’, उनले भने। 

उनको केही स्वास्थ्य परीक्षण गरिसकिएको र स्थिति सामान्य रहेको उनले बताए। उनले केही परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए। 

अहिले उनी विशेषज्ञ टिमको निगरानीमा छन्। कृष्णअष्टमीको अवसरमा एक जना व्यक्ति पेडा लिएर आएका थिए। उक्त पेडा खाएको १५/२० मिनेटमा बालकृष्ण बेहोशको स्थितिमा पुगे। त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको हो। अहिले उनको स्थिति सामान्य छ,’रामदेवले ट्वीटरमार्फत् भनेका छन्,‘सायद फुड पोइजनिङको असर होला।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *