प्रधानमन्त्रीले माधव नेपालको शुभकामना किन अस्वीकार गरे ?

भाद्र, ५ काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालले आफूले स्वास्थ्यलाभको शुभकामना दिंदा प्रधानमन्त्रीले अस्वीकार गरेको बताएका छन् । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले  स्वास्थ्यलाभको कामना दिंदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तपाईँको शुभकामना चाहिँदैन भनेर अस्वीकार गरेको जानकारी दिएका छन् ।   

उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान बसेको सचिवालय बैठकमा आफू नभएको बेला बैठक बोलाउने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएका ओलीले निर्णयहरु भने सहमतिमा गर्नुस् भनेपछि प्रधानमन्त्री र उनी विवाद उत्पन्न भएको थियो  

Image result for प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपाल सँग

विवादकै  क्रममा ओलीले नेता नेपाललाई ‘तपाईँको इच्छा के हो भन्ने पनि मलाई थाहा छ, तपाईँले शुभकामना नदिँदैमा केही हुन्न’ भनेको उनी बताउँछन् ।   

उनले आफूले अहिलेसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाारे नकारात्मक टिप्पणी नगरेको भन्दै उनले बैठकमै आफूले कहिँ गरेको भए प्रमाण ल्याउन चुनौती दिएको बताए ।   

प्रधानमन्त्री ओली बिहिबार दिउँसो १ः३० मा स्वास्थ्य उपचारको लागि  पुनः सिंगापुर गएका हुन्  । थाइ एयरको विमानबाट प्रधानमन्त्री ओली श्रीमती राधिका शाक्यसँगै आज सिंगापुर गएका हुन् ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *