भारत आएका माल्दीभ्सका पूर्व–उपराष्ट्रपतिलाई जहाजबाट उत्रिन नदिए स्वदेश फिर्ता

 

साउन १९, भारत । भारतमा राजनीतिक शरणको लागि मालबाहक जहाजबाट अगस्ट १ मा भारत आएका माल्दीभ्सका पूर्व–उपराष्ट्रपति अहमद अदीब अल्दूल गफूरलाई उनकै देश फिर्ता गरिएको छ । 

अधिकारीहरुका अनुसार उनीसँग आधिकारिक दस्तावेज नभएकोले उनलाई जहाजबाट उत्रिन अनुमति नदिएको हो । घटनाबारे जानकारी गराउँदैं तमिलनाडूस्थित तूतिकोरिनका एक प्रहरी अधिकारीले भने ,‘माल्दिभ्सका नेतालाई आधा रातमा तूतिकोरिनबाट फर्ता गरिएको छ ।’ अदिब अगस्ट १ मा नौ चालक दल रहेको मालबाहक जहाजका चढेर तूतिकोरीन पुगेका थिए । तर उनलाई जहाजबाट उत्रिन पनि दिइएन । 

null

प्रहरीका अनुसार अदीब त्यही जहाजबाट स्वदेश फिर्ता गरिए । उनीसँग भारतका विभिन्न केन्द्रीय एजेन्सीले उनीसँग सोधपुछ गरेका थिए । अदीवका ब्रिटेनी वकिलका अनुसार अदिवले भारतमा राजनीतिक शरण मागेका थिए । उनका वकिलका अनुसार माल्दिभ्समा उनीमाथि खतरा भएकाले राजनीतिक शरणको आवश्यकता छ । 

नयाँ दिल्लीको आधिकारिक सुत्रका अनुसार माल्दिभ्सका नेतालाई भारत प्रवेश स्वीकृति नदिनुको मुख्य कारण अदिव आधिकारिक प्रवेश बिन्दूबाट प्रवेश गरिरहेका थिएनन् । त्यस अतिरिक्त उनीसँग वैधानिक कागजात पनि थिएन । 

त्यस्तै बाहिर आएजस्तो उनलाई हिरासतमा लिइको भन्ने खबर पनि गतल भएको बताउदै सुत्रले भन्यो ,‘उनी भारतमै नरहेकाले उनलाई हिरासतमा लिइएको भन्ने खबर गलत हो ।’ टाइम्स अफ इण्डियाको रिपोर्ट अनुसार, सन् २०१५ मा माल्दिभ्सका तत्कालीन राष्ट्रपति अब्दुल यामीनको हत्याको षडयन्त्रको आरोपमा पूर्व उपराष्ट्रपति अहमद अदिब अब्दुल गफूरलाई पदबाट हटाएर गिरफ्तार गरिएको थियो । 

सन् २०१६ मा उनलाई माल्दिभ्सको अदालतले दोषी घोषणा गर्दै १५ वर्षको सजाय सुनाएको थियो । तथापि सन् २०१९ मेमा उनको सजाय माफ गरिएको थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *