खैरहनी नगरपालिकामा स्तनपान कक्ष स्थापना

 

साउन २२, चितवन । चितवनको खैरहनी नगरपालिकाले कार्यालय भित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । 

स्तनपान सप्ताहको अवसर पारेर नगरपालिकाले सो कक्षको निर्माण गरेको हो । नगरपालिकामा सेवा लिन आउने सेवाग्राही र नगरपालिकाकै कर्मचारीको सहजताका लागि स्तनपान कक्षको व्यवस्था गरिएको नगरपालिकाका मेयर लालमणी चौधरीले वताए । 

null

 

चितवनका पालिका मध्ये खैरहनीले जिल्लामै पहिलो पटक स्तनपान कक्षको व्यवस्था गरेको हो । सरकारी कार्यालय मध्ये जिल्ला प्रशासन कार्यालयले यसअघि यस्तो कक्षको व्यवस्था गरिसकेको छ । स्तनपान सप्ताहको अवसरमा खैरहनी नगरपालिकाले स्तनपानका सम्वन्धमा सेवाग्राहीहरुलाई सुचना प्रवाह गर्ने,प्रत्येक स्वास्थ्य संस्थालाई स्तनपानको महत्व,आवश्यकता, फाईदाका बारे जानकारी गराउन लगाईएको खैरहनी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले जानकारी दिए । 

 

बुधवार खैरहनी १३ गवैमा स्तनपान सप्ताहको समापन गरिएको छ । खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा संयोजक माया पाण्डेले स्तनपानको महत्व, आवश्यकता, फाईदाकाबारे गर्भवती, सुत्केरी महिलाहरुलाई जानकारी गराएकी थिईन् । 

समयमै स्तनपान नगराउँदा जन्मेका शिशुहरु पुड्कोपन, दुव्लोपन, कम तौलको हुने संयोजक पाण्डेले वताईन् । नेपालमा सन् २०१६ को तथ्यांक अनुसार ६६ प्रतिशतले मात्रै ६ महिना सम्म स्तनपान गराउने गरेको उनको भनाई छ । स्तनपान सप्ताहको समापन खैरहनी १३ का वडाध्यक्ष वालकुमार उप्रेतीको अध्यक्षतामा भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *