१ अर्ब ४२ करोडको विद्युतीय सवारी साधन आयात, चीनबाट सबैभन्दा बढी

भदौ ९, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा ६ हजार ६ सय ३२ थान विद्युतीय सवारी साधन आयात भएको छ ।   

तीन पांग्रे सवारी साधन २ हजार ५ सय ७५, चार पांग्रे २ हजार १ सय ७० र दुई पांग्रे १ हजार ८ सय ८७ थान विद्युतिय सवारी साधन आयात भएको हो ।   

तथ्यांक अनुसार तीन पांग्रे सवारी साधन सबैभन्दा बढी चीनबाट २ हजार १ सय ९४ थान आयात भएको छ । त्यसैगरी भारतबाट ३ सय ८१ थान आयात भएको भन्सार विभागका तथ्यांक अधिकृत रामप्रसाद वाग्लेले जानकारी दिए ।   

विद्युतीय सवारीको लागि तस्बिर परिणाम

अधिकृत वाग्लेका अनुसार चार पांग्रे सवारी साधन पनि चीनबाटै धेरै १ हजार ४ सय २४ थान आयात भएको छ । त्यस्तै भारतबाट ५ सय ९० थान, दक्षिण कोरियाबाट १५३ थान, फ्रान्सबाट २ थान र थाइल्याण्डबाट एक थान तीन पांग्रे सवारी साधन आयात भएको तथ्यांकमा उल्लेख छ ।   

दुई पांग्रे विद्युतीय सवारी साधन भने तीन पांग्रे र चार पांग्रेको तुलनामा कम आयात भएको तथ्यांकमा देखिन्छ । दुई पांग्रे सवारी साधन चीनबाट १ हजार ८ सय ८६ थान र भारतबाट एक थान आयात भएको छ ।       

तीन पांग्रे, चार पांग्रे र दुई पांग्रे गरी १ अर्ब ४२ करोड ५८ लाख ४९ हजारको विद्युतीय बस नेपाल भित्रिएको तथ्यांक अधिकृत वाग्लेले बताए ।   

गत आर्थिक वर्ष २०७४/७५ मा तीन पांग्रे विद्युतीय सवारी साधन ४ हजार ९ सय ८९ नेपाल आयात भएको थियो । चीनबाट ३ हजार ७ सय ६६ र भारतबाट १ हजार २ सय २३ थान आयात भएको हो । चीनबाट ३९ करोड ५७ लाख र भारतबाट ८ करोड २५ लाख बराबरको तीन पांग्रे सवारी साधन आयात भएको तथ्यांकमा उल्लेख । गत आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७५/७६ मा कम संख्यामा आयात भएको हो ।   

त्यसैगरी चार पांग्रे सवारी साधन चीनबाट १२९ थान (१ करोड ६२ लाख २५ हजार जम्मा मूल्य), भारतबाट ७१ थान (जम्मा मूल्य ७ करोड ३ लाख) र दक्षिण कोरियाबाट ५० थान (जम्मा मूल्य १८ करोड १ लाख) आयात भएको थियो ।  

दुई पांग्रे सवारी साधन भने चीनबाट ३४३ थान र भारतबाट ४ थान आयात भएको थियो । चीनबाट १ करोड ७६ लाख ४५ हजार र भारतबाट ४ लाख १६ हजारको दुई पांग्रे सवारी साधन आयात भएको भन्सार विभागले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *