२४ घण्टा नबित्दै योगेशले तोडे प्रतिबद्धता, खादा र मालाले गला भरियो

 

साउन १७, काठमाडौं । ‘मेरो मन्त्रालयमा आइस्योस् गइस्योस् चल्दैन । मलाई खादा र माला पनि नलगाउनुहोला ।’ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रुपमा राष्ट्रपतिबाट शपथ ग्रहण गरेलगत्तै मन्त्रालयमा कार्यभार सम्हाल्न पुगेका योगेश भट्टराईका अभिव्यक्ति हुन् यी । 

बुधबार साँझ यस्तो अभिव्यक्ति दिएका मन्त्री भट्टराई २४ घण्टा पनि आफ्नो अडानमा टिक्न सकेनन् । बिहीबार मन्त्रालय पुगेका भट्टराईले सबैभन्दा महत्त्वपूर्ण कार्य गरे, कार्यकर्ताको हातबाट माला र खादाको ओइरो थाप्ने । 

null

पदभार ग्रहणमा खादा र माला नलगाउन सचिवलाई समेत निर्देशन दिएको बताएका उनले आफ्ना कार्यकर्ता र शुभेच्छुकले लगाइदिएका खादा भने हाँसीहाँसी स्वीकार गरे । शुक्रबार बिहान निजी निवास तथा मन्त्रालयमा उनलाई फुलमाला लगाएर बधाई दिनेको भिड नै लाग्यो । 

 

पर्यटन मन्त्रालयको पदभार सम्हालेपछि सामाजिक सञ्जालमा निकै प्रशंसा बटुलेका मन्त्री भट्टराईलाई बधाई दिने कार्यकर्ताको भीड आज दिनभरजसो मन्त्रालयमा जारी छ । 

पदभार सम्हालेलगत्तै मन्त्री भट्टराईले भनेका थिए, ‘आज मैँले सचिवज्यूलाई खादा, माला, फूल केही पनि नचलाऔं भनेको थिएँ । तर, सूचना पुगेन वा हाम्रो परम्परा नै भइसकेर होला । म यो अपेक्षा गर्छु कि यो मन्त्रालय छोडेर जाँदाचाहिँ मलाई खादा र माला लगाइदिनुभयो भने त्यो ज्यादा सार्थक हुन्छ । त्यस बेलाको खादा र मालाको अर्थ पनि हुन्छ ।’ उनले यसो पनि भनेका थिए, ‘प्रधानमन्त्रीले मसँग जे आशा र अपेक्षा गर्नुभएको छ । हाम्रो कामबाट प्रधानमन्त्री एकदमै खशी हुने दिन आउने छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *