जम्मू–कश्मीर विवादः भाकपा नेता सीताराम येचुरी पक्राउ

 

साउन २४, नयाँ दिल्ली । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम येचुरी पक्राउ परेका छन् । महासचिव येचुरी शुक्रबार श्रीनगर विमानस्थलबाट पक्राउ परेका हुन् । 

शुक्रबार मध्यान्नमा उनको पार्टीले येचुरीलाई सरकारले नियन्त्रणमा लिएको पुष्टि गरेको हो । उनलाई नियन्त्रणमा लिइनु गैरकानुनी भएको भाकपाले स्पष्ट पारेको छ । 

null

यसभन्दा अघि येचुरीले पार्टीको लेटरहेडमा जम्मु–कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र सामाजिक सञ्जाल ट्विटरमा सेयर गरेका थिए । उक्त पत्रमा उनले मलिकसँग आफू, भारतीय कम्युनिष्ट पार्टीका नेता (भाकपा) नेता डी राजा, माकपा नेता युसुफ तरीगामीसँग भेट गर्न जाने निश्चित भएको उल्लेख गरेका थिए । 

भ्रमण तय गर्नुअघि येचुरी र राजाले जम्मू—कश्मीरका गभर्नर सत्यपाल मलिकलाई छुट्टाछुट्टै पत्र लेख्दा पनि नियतबस आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएको येचुरीको भनाइ छ । 

संविधानबाट जम्मू–काश्मीरलाई विशेष सुविधा दिँदै आएको अनुच्छेद ३७० हटाउनुभन्दा अघिल्लो दिनदेखि नै सो क्षेत्रमा सञ्चार सेवा पूर्णरुपमा बन्द गराइएको छ । गत आइतबारदेखि सो क्षेत्रमा कफ्र्यूसमेत लगाइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *