स्कुल बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

 

साउन २१, नयाँ दिल्ली । भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवालमा जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दा कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका छन् । 

तेहरी गर्हवाल जिल्लाको कङ्गसाली गाउँको मदान नेगी रोडमा स्थानीय समयानुसार ७ः३० बजे सो घटना भएको थियो । 

null

एन्गेल पब्लिक स्कुलको घाइते भएका विद्यार्थीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइते भएका बालबालिकालाई हेलिकोप्टरबाट सो राज्यको क्रृषिकेश शहरमा ल्याउने कोशिष जारी रहेको बताइएको छ । 

बस खाल्डोमा खसेर घाइते भएका ती बालबालिकालाई राज्यको प्रकोप व्यवस्थापन निकायले उद्धार गरी स्थानीय अस्पताल पु¥याइएको छ । 

उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्र सिंह रावतले यस घटनाप्रति गहिरो दुख व्यक्त गर्दै यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *