अमरनाथ तिर्थयात्रीलाई कश्मिर छाडन् निर्देशन

 

साउन १८, भारत । भारत–प्रशासित काश्मीरमा सरकारी अधिकारीले अप्रत्यासित रुपमा हिन्दु तीर्थयात्र रद्द गर्न र पर्यटकलाई विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि त्यहाँका स्थानीयमा त्रास र भ्रम उत्पन्न भएको छ । 

जाम्मु–कश्मीर राज्य सरकारले शुक्रबार जारी गरेको निर्देशनमा ‘अमरनाथ यात्रामा रहेका तीर्थयात्री’ र ‘विद्यमान सुरक्षा अवस्था’विरुद्ध आतंकवादी आक्रमण हुने गुप्तचर सूचना भएकाले तीर्थयात्री र पर्यटकले ‘तत्काल’ उक्त क्षेत्र छाड्नुपर्ने बताएको छ । 

null

प्रत्येक वर्ष भारतका हजारौं हिन्दु दर्शनार्थी दक्षिण काश्मीरको उच्च पहाडी क्षेत्रमाझ रहेको पवित्र अमरनाथ गुफाको यात्रामा निस्कन्छन् । यो यात्रा ४५ दिनको हुन्छ । 

हालको निर्देशन र केही अघि केन्द्र सरकारले कश्मिरमा थप १० हजार सुरक्षाकर्मी तैनाथ गर्ने निर्णयले स्थानीय बासिन्दामा भने भय उत्पन्न गराएको छ । यहाँका वासीन्दा अवस्था खराब हनुे आशंकामा खाद्यान्न, औषधि, इन्धन संचय गर्न थालेका छन् । 

आफ्नो परिचय नखुलाउने सर्तमा एक जना उच्च प्रहरी अधिकारीले आफूहरुलाई ‘वृहद स्तरको कानुन व्यवस्थाको लागि लागि तयार रहन’ भनिएको बताए । ‘र हामी तयार छौं,’ उनले भने । 

भारत प्रशासित काश्मीर क्षेत्रमा थप १० हजार अर्धसैनिक फौज पठाइएपछि तनाव बढेको अवस्था छ । 

भारतको संविधानको धारा ‘३५ए’लाई लिएर त्रास 

हालैका दिनमा जारी भएका श्रृङ्खलावद्ध सरकारी निर्देशनपछि, भारतको सरकारले संविधानले कश्मिरुलाइ दिएको विशेष व्यवस्था खारेज गर्ने तयारी गरेको भन्ने आशंका उत्पन्न भएको छ । 

कश्मिरको विशेष अवस्थाको सुनिश्चीतता गरेको भारतीय संविधानको धारा ३५एले कश्मिरभन्दा अन्य राज्यबाट आएका मानिसले त्यहाँ घरघडेरी किन्न र त्यहाँको सरकारी नोकरीबाट रोकेको छ । तर अब आएर नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारले हटाउँछ कि भन्नेमा कश्मीरीहरु चिन्तित छन् । 

यसबारेमा बोल्दै २५ वर्षीय विद्यार्थी नुस्रत क्वादीर भन्छन्, ‘उनीहरु यहाँका सबै स्थान र जनतालाई दबाउन चाहन्छन् । उनीहरुले जनतालाई वास्ता गर्दैनन् । उनीहरुलाई जमिन र यहाँका स्रोतहरुको मात्र चिन्ता छ ।’ 

कयैन दक्षिणपन्थी समूह तथा राष्ट्रिय जनता पार्टी(बिजेपी)का नेताले आर्टिकल ३५एलाई हटाउन सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । 

कश्मिरका पूर्व मुख्यमन्त्री मेहबुबा मुफ्तीले भारतले जनताको साटो भूभागलाई प्रथामिकता दिएको आरोप लगाए । उनले शुक्रबार साँझ अन्य कश्मिरी नेतासँग आपत्कालिन बैठक गरेका थिए । 

उनले ट्वीट गर्दै भनेकी छिन्, ‘अर्थतन्त्र ओरालो लागिरहेको छ तर म आसा गर्छु कि विगतमा जस्तै काश्मीरहरुलाई देखाएर आमजनताको ध्यान मुल समस्याबाट अन्यत्र मोडिदै छैन भनेर । यस्तो कदमले भयावह नतिजा ल्याउने र काश्मीरलाई उग्रवादतर्फ धकेल्नेछ ।’ 

अघिल्लो महिना भाजपाका एक वरिष्ठ नेताले कश्मिरमा बाँकी रहेका हिन्दूहरुको पुनरस्थापनाको लागि केही सुरक्षा क्याम्प बनाउने योजनामा आफ्नो पार्टी रहेको बताएका थिए । सन् १९८९ मा भारतीय शासन विरुद्ध भएको सशस्त्र विद्रोहपछि काश्मिर उपत्यकाबाट २ देखि ३ लाख हिन्दुहरु भागेका थिए । 

‘मनोवैज्ञानिक युद्ध ’ 

अधिकारीले कुनै कुरा स्पष्ट नभनेकाले सरकारको नयाँ निर्देशनलाई यस क्षेत्रका भयभित वासिन्दाले आफूविरुद्ध चालिएको अर्को मनोवैज्ञानिक युद्धको रुपमा हेरेका छन् । 

‘विगत ३० वर्षदेखि मनोवैज्ञानिक युद्ध चलिरहेको छ र त्यो हामीविरुद्ध चालिएको छ । यहाँका मानिस मारिरहेको कुरातर्फ विश्वले आखाँ चिम्लेर बसेको छ । उनीहरुलाई हामीमाथि के भइरहेको छ भन्ने कुराको कुनै मतलब छैन,’ यहाँको मुख्य सहर श्रीनगरका ५५ वर्षीय व्यापारी नाजिर अहमदले भने, ‘बिहानदेखि मैले मानिस गेडागुडी, चामल र पिठो किन्न हतारिएको देखिरहेको छु । मानिस के हुन लागेको भने चिन्तित छन् ।’ 

श्रीनगरको दूरसञ्चार कम्पनीमा काम गर्ने ४३ वर्षीय शबीर अहमदले उनको परिवारले उनलाई तत्काल कार्यालय छाडेर घरका लागि आवश्यक सामग्री ल्याउन भनेको बताए । उनले अलजजिरासँग भने, ‘सरकारले राज्यमा केही ठूलो कदम चाल्नका लागि कफ्यू लगाउँदैछ भन्ने सन्देशहरु वाट्सप ग्रुपहरुमा आइरहेका छन् । म डिपार्टमेन्टल स्टोरमा पुग्दा, त्यहाँ लामो लाइन बनिसकेको थियो ।’ 

सरकारी जागिर छाडेर राजनीतिमा लागेका शाह फैजलले सरकारको निर्देशन ‘अत्यन्त निराशजनक’ रहेको बताए । उनले भने ,‘अहिले कश्मीरमा ठूलो त्रास छ । सरकारले धेरै कुरा व्याख्या गर्न आवश्यक छ । एउटा एडभाइसरी जारी गरिएको छ तर तिनले यस्तो असाधारण कदम किन लिइएको भन्ने बताएका छैनन् ।’ 

सन् १९४७ मा स्वतन्त्र भएपछि भारत र पाकिस्तानले काश्मीरलाई विभाजन गरेका थिए । त्यस यता कश्मिरकै विषयमा यी आणविकशस्त्र सम्पन्न दुई छिमेकीबीच तीनपटक युद्ध भइसकेको छ । 

भारतले यस क्षेत्रमा सक्रिय कयैन सशस्त्र विद्रोहीलाई पाकिस्तानले सहयोग गरिरहेको आरोप लगाउँछ । तर इस्लामावादले भने यसलाई खण्डन गर्दै आएको छ । 

कश्मिर उपत्यका र विधामान पाकिस्तानसँगको सीमानामा (एलओसी)मा गरेर लगभग ७ लाख सैनिक तैनाथ छन् । कश्मिर विश्वमै धेरै सेनाको उपस्थित रहेको क्षेत्र हो । 

अनुगमन समूहका अनुसार भारत प्रशासित कश्मीरको द्वन्दमा विगत ३० वर्षमा ७० हजार मानिसको ज्यान गइसकेको छ । तीमध्य अधिकाशं सर्वसाधरण छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *