समाजसेवी लुईटेल बने अपाङ्ता भएकाहरुको सारथी

भाद्र ९, मोरङ । मोरङको कानेपोखरीमा आयोजित तिज बिशेष कार्यक्रममा स्थानीय समाजसेवी देवेन्द्र लुइटेलले शारिरीक रुपमा अशक्तहरु लाई ह्वील चियर तथा बैशाखी प्रदान गरेका छन् । अपाङ्गता भएकाहरुलाई बयरबन बजारमै उपस्थित गराई उनले ह्विल चियर प्रदान गरेभने, कार्यक्रममा आउन नसक्नेहरुलाई घरमै पुगेर उक्त सामग्री प्रदान गरे ।   

व्हील चियर पाउनेहरुमामा धब्लु सन्थाल, केदार कार्की, फूलेश्वरी राजबंंशी, घुरन चौधरी, कृष्ण बहादुर माझी, मकार जित तामाङ्ग, भवेश राई, कर्ण बहादुर गुरुङ, लहनसरी राई, कृष्ण प्रसाद पराजुली, भोला भुजेल, लाख बहादुर लिम्बु, बोधरानी लिम्बु रहेका छन् । 

यस्तै सोहि कार्यक्रममा एक हाते बैसाखी पनि प्रदान गरिएको छ । यसरी बैशाखी पाउनेहरुमा भिम प्रसाद न्यौपाने, जानकी ऋषिदेव, भुट्टी मुसहर, बिपते माझी, दल बहादुर मगर र दृष्टी बिहिन हरुमा गोमा बस्नेत, शेर बहादुर खड्का रहेका छन् । अपाङ्ता भएपनि हिँडडुल गर्न सहज होस भनेर सहयोग गरेको समाजसेवी लुइटेलले बताए ।   

स्थानीय स्तरमा सामाजिक काम गर्दै आएका देबेन्द्र लुईटेलको सहयोग प्रति अपाङ्गता भएका त्यहाका स्थानीयहरुले खुशी प्रकट गरेका छन् भने सहभागीहरुले प्रशंसा पनि प्रशंषा गरेका छन् । समाजसेवी लुईटेल भन्छन् । ‘सानो सहयोगले गाउँको दुख पीडामा मल्हम पट्टी लगाउने सहयोग हुन्छ भने किन नगर्ने ?’ उनी भन्छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *