काठमाडौंको स्वयम्भूमा गोली चल्यो, एक जना घाइते
मकालु खबर
२०७६ साउन २४ गते
साउन २४, काठमाडौं । काठमाडौंको स्वयम्भूको विजेश्वरीमा गोली चलेको छ । शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले लुटेरालाई नियन्त्रणमा लिन गोली चलाएको हो ।
प्रहरीले गोली प्रहार गरी लुटपाटमा संलग्न लोप्चन लामा भनिने मिलन तामाङलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार तामाङको दुवै घुँडामुनि गोली लागेको छ । अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
null
पक्राउ परेका तामाङले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रकम माग गरेको र नदिए छोरी मार्ने धम्की दिएको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
मकालु खबर
२०७६ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित