वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार पक्राउ

 

साउन २३ गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ । 

नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । 

null

पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी रहेको उनले बताए । पक्राउ परेकाहरुको कोठाबाट चोरी गरिएको सामग्रीसमेत बरामद गरिएको प्रनाउ नेपालले जानकारी दिए । 

गएको असार २६ गते रेडक्रसले वितरण गर्न राखेको कम्मल, त्रिपाल, ब्ल्याङकेट, रेनकोट, स्लिपिङब्यागलगायतका करिब दुई लाख ५० हजार बराबरको सामग्री कार्यालयबाटै चोरी भएको थियो । 

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *