पत्रकार शालिकरामको आत्महत्याको कुरा सांसदमा उठ्योः निष्पक्ष छानबिन गर्न सांसदको माग

भाद्र ३, काठमाडौँ । मंगलबार प्रतिनिधी सभाको बैठकमा  साउन २० गते चितवनस्थीत होटल कंगारुमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको विषयमा कुरा उठेकाे छ । 

आजको बसेको प्रतिनिधी सभाको बैठकमा सांसदहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेका छन्। 

पुडासैनीको मृत्यु पछी उनको मृत्युको आरोपमा संचारकर्मी रबी लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्की पक्राउ परेका थिए । 

जनप्रिय पत्रकार लामिछाने पक्राउ परेपछी सर्वसाधारणले चर्को बिरोध गरी लामिछानेलाई फसाउन खेल खेएिको  भन्दै दैनिक जसो चितवनमा सर्वसाधरणले प्रदर्शन गर्न थालेपछी पत्रकार पुडासैनीको आत्महत्याको विषयमा निष्पक्ष छानबिन गर्न सांसदहरुले माग गरेका हुन् ।   

यस घटनाप्रती गम्भिर हुन सत्यतथ्य बाहिर ल्याउन सांसदहरुले सरकारसँग माग गहेकाे छ ।   

नेकपाका सांसद नारायण खतिवडाले शालिकरामले आत्महत्या गरेको विषयले असामान्य रुप लिँदै गएकाले गम्भीर हुन सरकारलाई सुझाव दिए।  उनले भने ‘पत्रकार सालिकराम पडासैनीले आत्महत्या गरेपछि रवि पक्राउ परेका छन्। जसले चितवनमा दिनदिनै प्रदर्शन हुन थालेको छ।   

आजको बैठकमा यस बिषयमा सांसदहरु शान्ता चौधरी र हितबहादुर तामाङले चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।   

साउन २० गते चितवनस्थीत होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले आत्महत्या गर्नु अघी खिचेको भिडियोका कारण रबी सहित कँडेल र कार्कीलाई पक्राउ गरिएको थियो ।   

पत्रकार पुडासैनीले आफूले आत्महत्या गर्नुको दोषी लामिछाने, कँडेल र कार्की भनिएको भिडियो सार्वजनिक भएपछी लामिछाने सहित तीनै जनालाई पक्राउ गरी  चितवन जिल्ला प्रशासन कार्यालय राखिएको थियो भने आज उनीहरुलाई म्याद थपको लागि चितवन जिल्ला अदालतमा पेश गरिएको छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *