नेबिकोले ल्यायो ‘बोस बटर क्रेकर’ डिलर्स मिट पनि सम्पन्न

भाद्र ८, काठमाडौं । नेपालकै पहिलो बिस्कुट उत्पादक कम्पनी नेबिकोले ‘बोस बटर क्रेकर’ नामक नयाँ बिस्कुट बजारमा ल्याएको छ । गत भाद्र ६ र ७ गते राजधानीमा आयोजित डिलर्स मिट कार्यक्रममा नयाँ बिस्कुट सार्वजनिक गरेको हो ।   

सो प्रोडक्टलाई नायक शिव श्रेष्ठ, कम्पनीका डाइरेक्टरहरु र म्यानेजरहरुले एकसाथ लञ्च गरेका थिए । ४० रुपैयाँ मूल्य तोकिएको उक्त नयाँ बिस्कुट उपभोक्ताको रोजाईमा पर्ने कम्पनीको विश्वास छ ।   

कम्पनीका ब्राण्ड मेनेजर अरुण पौडेलले पछिल्लो समय नेपाली उपभोक्ताको रोजाईमा पर्दै गएको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय र स्वास्थ्यवर्द्धक बिस्कुटहरु उत्पादनमा जोड दिने बताए ।   

पार्क भिलेज रिसोर्टमा आयोजित कार्यक्रममा देशभरबाट १०० जना डिलरहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा डिलरहरुको सल्लाह सुझावपछि आगामी वर्षको लागि कार्ययोजनासमेत तयार गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *