प्रतिनिधि सभाको बैठकमा बाँके घटनाबारे गृहमन्त्री थापाको जवाफ
भाद्र २९, काठमाडौँ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनाबारे जवाफ दिएका छन् ।
उनले उक्त बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै बाँके घटना सत्तारुढ पार्टीले निर्देशन दिएर नभएको बताएका छन् ।तर नेकपाका कार्यकर्ता संलग्न हुने सक्ने स्वीकार गरेका छन् ।
गत बिहिबार बाँकेको खजुरा गाउँपालिकामा भएको कांग्रेसले दोस्रो चरणको जनजागरण अभियान कार्यक्रमको क्रममा झडप भएको थियो । सो घटनाबारे सो घटनाबारे संसद बैठकमा कांग्रेसले उठाएका प्रश्नमा उनल यस्तो जवाफ दिएका हुन् ।
उनले उक्त घटनामा संलग्न निमल खत्री, रोसन ठकुरी, लोबहादुरी शाहीलाई २८ गते पक्राउ गरिसकिएको र बाँकीलाई पक्राउ गर्न निर्देशन भएको जानकारी गराएका छन् ।
उनले भने ‘बाँके घटनाबारे जानकारी गराउन चाहन्छु। भदौ २६ गते, बाँकेको खजुरा गाउँपालिका सीतापुरमा कांग्रेसको जागरण अभियान चलिरहेको अवस्थामा ६ जनाले कार्यक्रम स्थलमा आइ होहोल्ला तोडफोग गर्दा सभापति कोइरालको हात भाँचिएको छ। घटनाप्रति दुःख व्यक्त गर्दछ। पूर्व जानकारी नभए पनि प्रहरी लगत्तै पुगेको थियो।’
उनले सत्ताधारी पार्टीले कांग्रेसको कार्यक्रम विथोल्ने निर्णय नगरेको बताए । उनले भने, ‘नेकपाका कार्यकर्ता हुनसक्छ तर नेकपाको नीति निर्देशन होइन ।’