‘विदेशीलाई अंगकृत नागरिकता’ दिने विषयमा छलफल आज पनि

भदौ २८, काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा शुक्रबार पेश भएको अंगकृत नागरिकता विधेयकको प्रतिवेदनमाथि शनिबार पनि छलफल हुने भएको छ ।   

शुक्रबार गृह मन्त्रालय र कानुन मन्त्रालयले राज्य व्यवस्था समितिसँगको समन्वयमा विदेशी बुहारीलाई ७ वर्षपछि र विदेशी ज्वाइँलाई १५ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्तावसहितको नागरिकता विधेयकको संयुक्त प्रतिवेदन प्रस्तुत गरेको थियो ।   

प्रस्तुत प्रतिवेदनमा नेपाली कांग्रेसले भने असहमति जनाएको छ । कांग्रेसले संविधानमा विदेशी ज्वाईँलाई नागरिकना दिने व्यवस्था कहीँ कतै नभएको भन्दै असहमाति जनाएको हो । कांग्रेसका सांसदहरुले असहमाति जनाएकापछि सहमातिका प्रयासका लागि शनिबार पनि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।   

null

शुक्रबारको बैठकमा कांग्रेसका साथै राजपाका सांसदहरुलेसमेत प्रस्तावबारे अध्ययन गर्ने समय माग गरेकाले समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।   

प्रतिवेदनमा विदेशी ज्वाइँले नागरिकता लिन चाहेमा १५ वर्ष बसोबास गरेको हुनुपर्ने, विदेशी नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएको भए त्याग्नुपर्ने र नेपालको कुनै राष्ट्र भाषा जानेको हुनुपर्ने भनिएको छ । 

यसअघि नागरिकता विधेयकमाथि सहमति जुटाउने प्रयासस्वरुप राज्य व्यवस्था समितिको लगातार तीनवटा बैठक बसिसकेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *