“नेपाल दर्शन २०२०” को फोटो प्रतियोगितामा फोटो पठाउने आज अन्तिम दिन
भदाै ३१, काठमाडाैं । सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी मनाउने तयारी गरिरहेकाे अवथामा आफूले खिचेको फोटोको माध्यमबाट भ्रमण वर्षलाई सफल पार्न र सहयोग गर्न देशभरीका फोटोग्राफ तथा फोटोपत्रकारहरुकाे चाहना अनुसार नेपाल भ्रमण वर्ष २०२० “नेपाल दर्शन २०२०” फोटो प्रतियोगिता तथा पुस्तक प्रकाशन गर्न लागिएको छ ।
प्रतियाेगितामा संस्कृति र पर्यटनसँग सम्बन्धि फोटोहरुले मात्र प्राथमिकता पाउने आयाेजक राष्ट्रिय फोटोपत्रकार समुहले जनाएकाे छ । फोटो पठाउँदा प्रतियोगीले कुनै शुल्क तिर्नुपर्ने छैन । विश्वको जुनसुकै ठाउँवाट पनि नेपालको संस्कति र पर्यटन झल्काउने फोटो पठाउन सक्नेछन । उक्त फोटो फोटोग्राफर स्वयमले नेपालमा खिचेका हुनु पर्नेछ । तेस्रो पक्षको स्वामित्व र नियन्त्रण भएको तस्बिरहरु प्रतियोगितामा सहभागिताको लागि पठाउन पाइने छैन । जसमा कुनै व्यक्ति वा संस्थाको प्रतिलिपि अधिकार भएको तस्विरहरु पठाउन पनि पाइने छैन ।
प्रतियोगितामा सहभागी हुन चाहनेले बढीमा १० वटा फोटो पठाउन सक्ने छन् । प्रतियोगीले आज ३१ गतेको मध्यरातसम्ममा फोटो पठाइसक्नु पर्नेछ ।
विजेताको घोषणा असोज १० गते विश्व पर्यटन दिवसको अवसरमा गरिने छ । प्रतियोगिताका बारेमा थप जानकारीको लागि राष्ट्रिय फोटोपत्रकार समुहको आधिकारिक वेभसाइटमा हेर्न सकिनेछ । (एनएफपीजे नेपाल डटकम) यस प्रतियोगिताका सहभागीहरुको उत्कृष्ट फोटोलाई छनौट गरी प्रथम, द्वितिय र तृतिय घोषणा गरी क्रमस नगद रु. २५ हजार, २० हजार र १५ हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ । त्यसैगरी सातवाटै प्रदेशका प्रदेश स्तरीय फोटोलाई पनि उत्कृष्ट घोषणा गरिने छ । उत्कृष्ट घोषित सात प्रदेशका सात जानलाई नगर रु १० १० हजार सहित प्रमाण पत्र प्रदान गरिने छ । साथै हरेक प्रदेशका उत्कृष्ट २० फोटोहरुलाई फोटो पुस्तकमा समावेश गरिने छ ।