जेठी श्रीमतीले बहुविवाहको उजुरी दिएपछी अध्यक्ष पक्राउ
मकालु खबर
२०७६ भदौ २३ गते
भाद्र २३, प्युठान । १८ वर्षिय युवतीतलाई बहुविवाह गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् ।
प्यु्ठानको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरी बहुबिवाहको आरोपमा पक्राउ परेका हुन् ।
अध्यक्ष गिरीकोले बहुविवाह गरेको उजुरी प्रहरी समक्ष उनकाे जेठी श्रीमती सीता केसीले दर्ता गरेपछी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनकाे जेठी श्रीमती सीताले अध्यक्ष गिरी बिरुद्ध भदौ १० गते बहुविवाहकाे मुद्दा दर्ता गरेको प्युठान प्रहरीले जनाएको छ ।
प्युठान प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले भने ‘गिरीलाई अदालतमा पेश गरिने छ , अदालतको फैसाला जस्तो आउँछ त्यही अनुसार गरिने छ , डिएसपी कार्कीले भने, ‘कानुनले ठूलो सानो केही भन्दैन ।’
मकालु खबर
२०७६ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित