‘काण्डै काण्ड’ को बिमोचनमा देउवाको चेतावनी
असोज ६, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा आर्थिक चलखेल भएको अरोप लगाएका छन् ।
उनले सोमबार राष्ट्रियसभा गृहमा नेविसंघका निवर्तमान अध्यक्ष एवम् युवा नेता नैनसिंह मरहद्वारा लिखित ‘काण्डै काण्ड’ पुस्तकको विमोचन कार्यक्रममा यस्तो आरोप लगाएका हुन् ।
देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै आलोचना गर्दै यस्तो आरोप लगाएका हुन् ।
उनले ‘काण्डै काण्ड’ पुस्तकको बिमोचन गर्दै पुस्तक धेरै राम्रो भएको बताएका छन् । सभापती देउवाले काँग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीले गर्नुपर्ने काम महर गरेको भन्दै प्रसंशा गर्दै भने, ‘काँग्रेसले गर्नुपर्ने काम नैनसिंह महरजीले गर्नुभएको छ । उहाँले काँग्रेसका लागि गर्नु भएको छ । उहाँबाट अब काँग्रेस बितेको २५ वर्षमा गरेका राम्रा कामबारे पनि पुस्तक लेख्नुहुनेछ भन्ने आशा छ । त्यसमा काँग्रेले के गर्यो भन्ने कुरा आउनेछ ।’
असोज ७ गते ७७ वटा जिल्ला सरकार विरुद्ध प्रदर्शन गर्ने पूर्वनिधारित कार्यक्रममा पुस्तक पुर्याउने कार्य भइरहको यस पुस्तकमा वर्तमान सरकारले आफ्नो १८ महिने अवधिमा गरेका ५५ वटा काण्डको उल्लेख गरिएकाे बताइएकाे छ ।
जसमा सुनकाण्ड, सिण्डिकेट काण्ड, अस्पतालमा गोलीकाण्ड, निर्मला हत्याकाण्ड, सन्नी खुना काण्ड, उपकुलपति काण्ड, होली वाइन काण्ड, वाइडबडी र न्यारोबडी काण्ड, बालुवाटार काण्ड, गुठी काण्डलसहित १८ वटा काण्डलाई प्रमुख रुपमा समेटिएको छ ।
देउवाले उक्त कार्यक्रममा सरकारले शून्य सहनशीलताको कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दावी समेत गरेका छन् । उनले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दे सैह्य नहुने चेतावनी दिएका छन् ।