पूर्वप्रधानमन्त्री झलनाथले भने ‘ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार’

भाद्र २०, काठमाडौँ ।  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन् । 

झापाको चन्द्रगढीमा शुक्रबार प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ ।” 

वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टुङ्गिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने बताउँदै मुलुकको विकास र समृद्धिका लागि अब तीनै तहका सरकारलाई गतिशील बनाउनुपर्ने बताए । 

Image result for नेता झलनाथ खनाल

वर्तमान सरकारले संविधान कार्यान्वयन, सङ्घीय शासकीय स्वरुप अन्तर्गतका ऐन–कानून निर्माण र लागू गर्ने सन्दर्भमा उल्लेख्य काम गरेको उल्लेख गर्दै उनले सरकारले ल्याएका केही विधेयक विवाद स्पद देखिएकाले ती विधेयकका विषयमा छलफल गरेर अघि बढ्नु पर्ने बताए । रासस 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *