डेंगुका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैनः सरकार

असोज १, काठमाडौं । डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नभएको सरकारले बताएको छ । 

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले  बुधबार प्रतिनिधिसभाको बैठकमा आपतकाल घोषणा गर्ने अवस्था नभएको जानकारी दिएका हुन् । 

उक्त बैठकमा बोल्ने क्रममा उनले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको बताएका हुन् ।   

Image result for उपेन्द्र यादव

उनले भने ‘आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन। पछिल्ला दिनमा संक्रमणको दर घटेको छ । पाँच दिनको तथ्यांकलाई मात्र हेर्दा पनि संक्रमण कम भएको छ’,   

उपप्रधानमन्त्री यादवले डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको भन्दै लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएकाे बताएका छन् ।   

उनले  डेंगी नियन्त्रणका लागि सरकारले विभिन्न उपाय अबलम्बन गरेको बताए उनले भने  ‘सचेतना कार्यक्रम अघि बढाएका छौँ, डेगी हेल्प डेस्क राखिएको छ। शंकास्पद बिरामीलाई परीक्षण गर्न पठाइएको छ । तीनै तहका सरकारसँग समन्वय गरेर नियन्त्रणका उपाय अबलम्बन गरिरहेका छौँ ।’ 

उपप्रधानमन्त्री यादवले साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको जानकारी आएको  बताए । 

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *