सिटिजन्स बैंक र एन.बि. आईबीच सम्झौता

भाद्र ३१, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.(एन.बि.आई) बीच तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि एन.बि.आईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ । यसका साथै एन.बि.आइले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । 

अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृति विकासका निमित्त विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बैंकले जानकारी दिएको छ । 

उक्त सम्झौतापत्रमा सिटिजन्स बैंक ईन्टरनेसनल लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।   

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।   

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।   

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *