मालिङ्गो काटी नी लै लै विनायो बाजा…….

अशोज १, विराटनगर । ‘मालिङ्गो काटी नी लै लै विनायो बाजा…….’ गायक जितेन राईले गीतमा भने झैँ मालिङ्गोबाट बनाइने विनायो मौलिक बाजा सूदुरपूर्वमा निक्कै लोकप्रिय मानिन्छ । बुढापाकाहरुका अनुसार यीनै विनायो, मुर्चुङ्गाजस्ता बाजाको धुनमा मायाँ पिरतिका भाका गाइन्थे । मुर्चुङ्गा, विनायोको धुनबाट प्रेम भाव प्रकट गरिन्थे भने चिनोकोरुपमा समेत विनायो,र मुर्चुङ्गा दिने प्रचलन थियो ।   

वन पाखा, घाँस दाउरा, पानी पँधेरो जाँदा होस् या मेलापात र गोठाला जाँदा नै किन नहोस्, मानिसहरु यही विनायोको धुनमा रमाउने गर्थे । सूदुरपूर्वका पहाडी जिल्लाहरु ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुम, धनकुटा, इलामलगायतमा विशेष गरी राई जातिमा यो बाजा प्रख्यात मानिन्छ । तर पछिल्लो समयमा नयाँ पुस्ताका लागि भने यो बाजा एका देशको कथा जस्तै बन्न पुगेको छ ।   

यी मौलिक बाजा र धुन जसले नेपाली बाजाहरुको प्रतिनिधित्व गर्छ । ती जातीय मौलिक पहिचानका बाजाहरु अहिले नौलो बनीसकेको छ । पछिल्लो समय विनायो र मुर्चुङ्गा बनाउन र बजाउन जान्ने अग्रजहरुको समाप्ति सगैँ लोप हुँदै गएको छ । 

null

काठमाडाँैको बाघबजारमा होटल व्यवसाय गर्दै आइरहेकी कुमारी आङदेम्बेसँग केही महिनाअघि भेट हुँदा आफ्नो साथमा भएको विनायो र मुर्चुङ्गा देखाउँदै भनिन्, ‘अब त यस्ता बाज पनि हराई सके ।’ उनले ती बाज देखाइनन् मात्रै उनले बजाएर पनि सुनाइन् । ‘रिटियु रिटियु नबजाउ विनायो,  विनायोले मन मेरो छिनायो ।’ ‘सिमसिमे पानीमा ज्यानले बैमान गर्छकी जिन्दगानीमा’ जस्ता भाकामा उनले बिनायो बजाएर सुनाइन् । उनले विनायो र मुर्चुङ्गा पाँचथरबाटै ल्याएकी हुन् ।   

‘आजका पुस्ताहरुलाई विनायो के हो ?  मुर्चुङ्गा के हो ? भन्ने थाहा छैन ।’ उनी भन्छिन् । मनोरञ्जनका आधुनिक माध्यम आएसगैँ अहिलेका पुस्ताहरुका लागि  पुराना संस्कृति र बाजाहरुको अस्तित्व हराएर गएको उनको बुझाई छ । 

‘कहिलेकाहीँ युट्युवमा हेर्दा विदेशीहरुले विनायो मुर्चुङ्गा बजाएको देखिन्छ । आफ्नो मौलिक बाजा नेपालीको हातमा नदेख्दा आधुनिकतासगैँ मौलिकता हराउने पो होकी ?’ उनको चिन्ता छ ।   

पछिल्लो समय आफ्नो परम्परा संस्कार र संस्कृतिलाई पनि देखावटी पाराले मनाउने भएकाले पनि मौलिकता हराउँदै गएको छ । विगतमा प्रत्येक महिला अनि पुरुषहरुको दौरा र चौबन्दी चोलोमा विनायो मुर्चुङ्गा झुन्डीने गर्दथ्यो । नाच्ने, गाउने रामाइलो गर्ने एउटा माध्यम विनायो, मुर्चुङ्गा नै थियो । पुस्तान्तरणसगैँ आजभोलि गाँउघरमा पनि यो बाजा हराउदैँ गएको छ, उनले भनीन् । 

आजका पुस्ताले मौलिकता भुल्न खोजे पनि हामी जान्नेले सिकाउँदै जानुपर्छ । उनी भन्छिन्  पहिले पहिले मेला बजारमा किन्न पाइने मुर्चुङ्गा, विनायो आजभोलि दुर्लभ हुन थालेको छ । विशेषत मालिङ्गो बाँसलाई तिखो र धारिलो कर्दले खिपेर मेहनतका साथ विनायोको निर्माण हुन्छ भने मुर्चुङ्गा आरानमा बनाइन्छ ।   

विगतको जस्तो अहिले विनायो कर्दले खोप्ने अनि आरनबाट मुर्चुङ्गा बनाउने कोही अग्रज सायदै होलान् । दशकअघि विनायो खिप्ने बुढापाका पनि आँखाको ज्योति गुमाएर थलिएको छ ।  कामको फुर्सद कुनै पर्व तथा मेलाहरुमा कस्ले राम्रो बजाउने प्रतिस्पर्धा नै हुन्थ्यो । अहिले त्यो चलन हराएसगैँ यी बाजाहरु र यस्को महत्व हराउदै गएको उनको ठम्याइ छ । 

मुख र दाँतले च्यापेर धुन निकाल्नु पर्ने विनायो, मुर्चुङ्गा अग्रजहरुको दाँत फुस्केसगैँ गाँउघर, मेलापातमा विनायो मुर्चुङ्गा बज्न छोडेको अनुभुती हुन्छ । पुर्खाको मौलिक शीपलाई बावु, बाजेबाट  शीप हस्तान्तरण नहुँदा पुस्तान्तरण सगँै विनायो, मुर्चुङ्गा लोप भएको हो । अबका दिनहरुमा यी र यस्ता बाजा देख्दा प्रश्न चिन्ह तेर्साउन पर्ने परिस्थिति बनिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *