धरानमा मोटरसाइकलको ठक्करबाट ७ बर्षिया बालक गम्भीर घाइते

भाद्र २८, धरान । धरानमा तिब्र गतिको मोटरसाइकलको ठक्करबाट एक ७ बर्षिया बालकलाई गम्भिर घाइते भएका छन् ।  अपरान्ह १२ बजे धरान १२ स्थित पब्लीक हाइ स्कुल अगाडी खेलेर फकिँदै गरेका आशिष गुरुङलाई मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।   

मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते बालकको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । धरान–१२ चतरास्थित पब्लिक मावि मुख्य गेट अगाडि पट्टिको सडकमा हुईकिँएको मोटरसाइकलले ठक्कर दिँदा बालक उछिटिएर सडकको उत्तर साइड पुगेका थिए ।   

छाताचोक बाट तिब्रगतीमा आएको मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकल चालक ठक्कर दिने वित्तिकै भागेको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकल चालक ठक्कर दिएर भागेपछि पिछा गर्दै पुगेका स्थानीयबासीले मोटरसाइकल नं. को ३१प ३१३२ रहेको सम्म पत्ता लगाएर ट्राफिक प्रहरीलाई नम्बर टिपाएका थिए ।   

null

आफू काममा व्यस्त रहेको बेला छोरालाई ठक्कर दिएर मोटरसाइकलका चालक भागेको बालका बाबु मानबहादुर गुरुङले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *