प्रतिनिधि सभाको बैठकमा रोष्टम घेराउ गरी नाराबाजी
भाद्र ३०, काठमाडौँ । प्रतिनिधी सभाको सोमबारको बैठकमा सांसदहरुले रोष्टम घेराउ गरेर नाराबाजी गरेका छन् ।
आज दिउँसोको उक्त बैठकमा बाँकैको सीतापुर घटनालाई लिएर नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेर नाराबाजी गरेका हुन् ।
आजको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षको संलग्नता नरहेको बताएका थिए । सांसद नन्दलाल त्यसो भनेर प्रतिपक्षी सांसद भुसालको कुरालाई अस्विकार गरेपछी कांग्रेस सांसदहरुले आपत्ति जनाउँदै रोष्टम घेराउ गरेकाे हाे ।
संसदमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले बाँके घटनामाको बारेमा दोषीमाथि किटानी जाहेरी दर्ता गराए पनि राज्य, प्रशासन र सरकारले स्वीकार नगरेको बताएकी थिईन् ।
उक्त बैठकमा कांग्रेसले आन्दोलन गरे आफूहरु पनि आन्दोलनमा उत्रिने चेतावनी नेकपाका सांसद रोका क्षेत्रीले दिएका छन् । उनले डेढसय जनातको हलमा तीनचार जना केटाहरुले आएर कसरी हातपात गर्न सक्छ भन्दै प्रतिप्रश्न गरेका थिए ।
कांग्रेसका सांसदहरुले सांसद रोका क्षेत्रीको भनाइको प्रतिवादमा बोल्न समय माग्दा सभामुखले नदिएपछि कांग्रेसका सांसदहले रोष्टम घेराउ गरी नाराजाजी गरेका हुन्।