दर खाने दिन सहयोग पाएपछि सय वर्षिया वृद्ध दंग

भाद्र १५, चितवन ।   अहिले जताततै तीजको माहोल छ । तीजको मौका छोपी पार्टी ,प्यालेसमा दर खाने, नाचगान गर्ने चलन स्थापित भएको छ ।  

हाम्रै समाजमा धेरै महिलाहरु आफ्नो महान चार्ड तीज राम्रो संग मनाउन नसक्ने अवस्थाका पनि छन् । गरिवी, शारिरीक अवस्था, विभिन्न रोगका कारण अशक्त अवस्थामा रहेका खैरहनी २ नमुना टोल निवासी एक सय वर्षिया विष्णुमाया दाहाल र उनकी छोरी ६७ वर्षिया धनकुमार दाहाललाई तीज मानाउनकाे लागि आईतवार खाद्यान्न र कपडा सहयोग गरिएको छ । 

समाजसेवी मुरली प्रसाद गजुरेल मार्फत हाल अष्ट्रेलियामा बस्दै आएका मिलन कोईराला र खैरहनी २ चैनपुर निवासी प्रकास न्यौपानेबाट प्राप्त रकमले खाद्यान्न र कपडा खरिद गरि हस्तान्तरण गरिएको हो ।  

प्रदेश ३ की विश्व हिन्दु महासंघ महिला विभाग प्रमुख अनिता खरेल र पत्रकार धु्रवराज खनालको संयोजनमा सो सहयोग हस्तान्तरण गरिएको थियो । दाहाल घरमा पुगेर प्रदेश ३ की विश्व हिन्दु महासंघ महिला विभाग प्रमुख अनिता खरेल, पत्रकार खनाल, उत्प्रेरणा वचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक सुजाता खनाल र कालिका मोटरसाईकल पार्टसकी सेल्स वुमेन सुमित्रा वयलकोटीले खाद्यान्न र कपडा हस्तान्तरण गरेका थिए । 

 तीजको वेला अन्न सकिएको वताएकी विष्णुमायाले सहयोग पाउँदा खुसी लागेको वताईन् ।   एक सय वर्षिया आमा विष्णुकुमारी दमको रोगी छिन् भने छोरी धनकुमारी मानसिक रोगी छिन् । गाह्रो काममा छरछिमेकीकै सहयोगमा उनीहरु जिवन चलाउँदै आएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *