एन आई सी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा

 भाद्र २५, विराटनगर ।  एन आई सी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा भाद्र २५ गतेदेखि सञ्चालनमा आएको छ । मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको समुद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समुद्घाटन गरे ।  

त्यस्तैगरी विराटनगर हाटखोलास्थित हाटखोला शाखाको समुद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेले गरे । यी शाखा विस्तारसँगै बैंकका  ग्राहकहरुले आफूलाई पायक पर्ने शाखाबाट बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५४ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान  गर्दै आईरहेको छ ।  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *