पञ्चकन्या ग्रुपकाे ४७औं वार्षिकोत्सव सम्पन्न

भाद्र १६, काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव भब्यताका साथ मनाएको छ । पञ्चकन्या ग्रुपका अध्यक्ष श्री प्रेम बहादुर श्रेष्ठका ८९ औं जन्मोत्सव समेत हिजो नै मनाइएको थियो ।   

सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन तथा हेभिइक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट वितरण गरिएको थियो । त्यसैगरी राम्रो कार्य गर्ने कर्मचारीहरुलाई प्रसंशा–पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरियो ।  

कार्यक्रम ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले पञ्चकन्याको विगत र हालसम्मको औद्योगिक यात्रा तथा बजारमा निरन्तर गुणस्तरीय उत्पादन ल्याउन सक्षम रहेको बारे आफ्नो अनुभव शेयर गरेका थिए । उनले सञ्चालकहरुले आफ्नो संलग्नता र ग्रुपको उद्देश्य, दर्शन, भावी कार्य योजना, मूल्य मान्यता र हासिल गरेका उपलब्धीहरु बारे बोलेका थिए । 

पञ्चकन्या ग्रुपको इम्प्लोइ अफ द इयर विशाल सुराना, मोष्ट प्रोमिसिङ तर्फ विलियम श्रेष्ठ हुन सफल भएका छन् । वर्षभरीमा बढी बिक्री गर्न सफल डिलर अफ द इयर क्रमशः स्टिल तर्फ प्रथम न्यू बज्रयोगिनी ट्रेडर्स, काठमाडौं, दोस्रो वेवी इन्टरप्राइजेज, जनकपुर तथा तेश्रो जय माई दि आइरन, जनकपुरलाई सम्मान गरिएको थियो । त्यसै गरि प्लाष्टिक तर्फ प्रथम हुने मयुर Faucets काठमाडौं, किसान ट्रेडिङ, बुटवल दोस्रो तथा ज्योति ट्रेडलिङ, काठमाडौं तेस्रो भएका थिए । त्यस्तै एस.एस तर्फ किसान ट्रेडिङ, बुटवल, मयुर Faucets तथा दोस्रो तथा प्रशन्न ट्रेडलिङ, बुटवल  तेस्रो हुन सफल भएका छन् । 

साथै पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, सर–सफाई, वातावरण संरक्षण, महिला शसक्तिकरण जस्ता शीर्षकहरुलाई मुख्य प्राथमिकतामा राख्दै सोही अनुसार कार्य गर्दै आएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *