कांग्रेसको शालिनतालाई कमजोरी नसोचे हुन्छः सभापति देउवा

असोज ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको शालिनतालाई कमजोरी नसोच्न सरकारलाई चेतावनी दिएका छन् ।   

संविधान दिवसका अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारलाई यस्तो चेतावनी दिएका हुन् । सरकारले कांग्रेसको मौनतालाई कमजोरीका रुपमा लिएर हेपेको उनको आरोप छ ।   

उनले भने, ‘सरकारले संविधानको मर्म विपरित, स्वतन्त्रता कुण्ठित गर्ने गरी मिडिया काउन्सिल विधेयक, मानवअधिकार विधेयक ल्याएको छ । कांग्रेसलाई स्वीकार्य हुँदैन । हामीले रेलिङ भाँचेका छैनौँ, संसदमा कुर्सी भाँचेका छैनौँ भनेर हामीलाई हेप्ने ?’ 

Image result for शेरबहादुर देउवा

संविधानको मूल मर्म स्वतन्त्रता भए पनि त्यसविरुद्ध सरकारले विधेयक ल्याएको उनको भनाइ छ ।   

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले संविधान दिवसको दिन आफू सरकारलाई गाली गर्ने पक्षमा नभएको स्पष्ट पार्दै एकपछि अर्को लोकतन्त्रविरोधी विधेयक ल्याउनु आपत्तीजनक भएको बताए ।   

कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको पनि उनले स्मरण गराए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *