वृक्षरोपण गरि नेबि संघले मनायो विपिको १०६ औ जन्म जयन्ती

भाद्र २४, काठमाडौँ । नेपाल विद्यार्थी संघको नेतृत्व नेपाली कांग्रेसका नेता बिपि कोइरालाको १०६ औ जन्म जयन्तीको अवसर पारेर आज त्रिभुवन विश्व विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 

 त्रिभुवन विश्व विद्यालय परिसरमा नेपाल विद्यार्थी संघले करिब तीन सय रुख रोपेको छ। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम्   पूर्व मन्त्री एनपी साउदको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको विशिष्ट आतिथ्यता रहेको थियो ।   

कार्यक्रमका प्रमुख अतिथी रहेका नेता साउदले बिपीको बाटोमा हिँडे मात्रै देश समृद्ध र सुखी नेपाली हुने बताए। उनले कांग्रेसले बिपी कोइरालाको जन्म जयन्ती मनाउँदा गर्व गर्नुपर्ने पनि जिकिर गरे। कार्यक्रममा  प्रतिपक्ष  दलका विद्यार्थी संगठनहरुका नेताको पनि सहभागी रहेको थियो।  

सहभागी बिपक्षी दलका विद्यार्थी संगठनका नेताहरूले बिपी कोइराला दुरदर्शी  नेता भएको भन्दै कोइरालाको समाजावाद खुलेरै प्रसंसा पनि गरेका थिए। अखिल पाचौँका अध्यक्ष घनश्याम मिश्र, अखिल नेपाल विद्यार्थी  यूनियन अध्यक्ष प्रबिन मिश्र, अखिल बैध्यका महासचिव पेशल दहाल, अखिल (गोपाल किराती ) महासचिव सुन्दर रायमाझी, समाजवादी विद्यार्थी  यूनियनका उपाध्यक्ष बिबेक ओली नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन यादव, सह महामन्त्री प्रेम राज जोशी, त्रिभुवन विश्व  विद्यालय नेपाल विद्यार्थी संघा पुर्व अध्यक्ष शंकर पौडेल, नेपाल आधिवाशी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पा लगायत नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *