प्रथम एन्फा एकेडेमी अण्डर १४ फुटवल प्रतियोगिता भोलिदेखि

भाद्र २६, काठमाडौं । स्वास्थ्य जीवनका लागि खेलकुद अपरिहार्य छ भन्ने मुल नाराका साथ प्रदेशस्तरीय फुटवल प्रतियोगिता भोलीबाट सुनसरीको धरानमा सुरु हुँदैछ । धरान स्थित एन्फा एकेडेमीको आयोजनामा हुने प्रथम एन्फा एकेडेमी  अण्डर १४ फुटवल प्रतियोगितामा १ नं. प्रदेशका १० वटा टीमको सहभागीता रहने आयोजकले बताएका छन् । 

एन्फा एकेडेमी धरानको खेल मैदानमा असोज ३ गतेसम्म हुने विद्यालय तहमा रहेका प्रतिभावान खेलाडीलाई फुटवल क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरीएको एन्फा एकेडेमी धरानका संयोजक किशोर राईले बताए ।  

प्रतियोगितामा आयोजक एन्फा एकेडेमी धरान सुनसरी, बिराटनगर फुटवल एकेडेमी मोरङ, एम्ब्रीज क्लब एकेडेमी मोरङ, महेन्द्र फुटवल एकेडेमी दुहवी सुनसरी, मेची नेत्रालय झापा, राष्ट्रिय जागृती क्लब एकेडेमी सुनसरी, धरान फुटवल क्लब एकेडेमी धरान, श्री मार्गदेवी युवा क्लब धनकुटा र न्यु स्टार फुटवल एकेडेमी भरौल सुनसरीले भाग लिँदैछन् । 

प्रतियोगिता उपाधि विजेताले नगद ५० हजार, प्रमाणपत्र, मेडल तथा उपविजेताले नगद २५ हजार, प्रमाणपत्र, मेडल प्राप्त गर्ने धरान फुटवल क्लब तथा एन्फा सदस्य प्रताप तामाङले बताए । यसैगरि प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार, उत्कृष्ट गोलकिपरलाई ३ हजार, डिफेन्डरलाई ३ हजार, मिडफिल्डरलाई ३ हजार, फरवार्डलाई ३ हजार, उत्कृष्ट कोचलाई नगद ५ हजारका साथै खेलको फाईनलमा म्यान अफ द म्याच हुनेलाई नगद १० हजार  नगद पुरस्कार प्रदान गरिने आयोजक एन्फा एकेडेमीले जनाएको छ ।   

११ लाखको अनुमानित लागतमा सम्पन्न हुन गईरहेको सो प्रतियोगिता राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा समर्पित हुने एन्फा एकेडेमी सञ्चालक समिति संयोजक राईले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *