सांसद विराेध खतिवडाकाे व्यङ्ग्यः लामखुट्टेश्वर महादेव स्थापना गरेर डेंगु नबढोस् भन्नेतर्फ लागौँ

असाेज १, काठमाडौं । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सांसद विरोध खतिवडाले लामखुट्टे नियन्त्रणको लागि लामखुट्टेश्वर महादेव स्थापना गरेर अगाडि बढ्न सरकारलाई व्यङ्ग्यात्मक सुझाव दिएका छन् । 

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै उहाँले नेपाली उखान वा चलन नै छ कहीँबाट उपाय नलागेमा देवी देवता गुहार्ने दवावको काम नगरेपछि दुवा अर्थात देवी देवतालाई गुहार्ने सोही अनुसार लामखुट्टेश्वर महादेव स्थापना गरेर डेंगु नियन्त्रण तर्फ लागौँ भन्ने व्यङ्ग्यात्मक अभिव्यक्ति दिएका छन् । 

उनले नेपाली समाजमा यस्को प्रयोग समेत भएको भन्दै पूरानो संसद २०५८ मा संसदेश्वर महादेव स्थापना भएको छ, ताकी संसदमा तलमाथि नहोस् भनेर स्थापना गरिएको हो । मेरो गाउँ ठिंगनमा लटरमेश्वर महादेव छ, फलफूल लटरम्म होस् भनेर, हामी पनि डेंगु नियन्त्रणको लागि लामखुट्टेश्वर महादेव स्थापना गर्न तर्फ ध्यान दिनुपर्ने बताए । 

सांसद खतिवडाले बोल्नुपूर्व उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि कुनै औषधी पत्ता नलागेको भन्ने अभिव्यक्ति दिएपछि खतिवडाले देवी देवता आश्रय पलनुपर्ने बताए । नेकपा सांसद खतिवडाले यसो भनिरहँदा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव भने हाँसिरहेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *