काम बढी गर्न र प्रतिवेदन चुस्त, दुरुस्त राख्नुहोस्ः प्रधानमन्त्री

असोज ९, काठमाडौं । बिहिबार कार्य सम्पादन सम्झौंतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा  चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समिक्षात्मक बैठकमा बोल्दै  उनले यस्तो निर्देशन दिएको हो ।   

प्रधानमन्त्री ओलीले भने, “अगाडि नबढेका आयोजना के कारण अगाडि नबढेको हो भन्ने देखिनुपर्छ । यस दुई महीनामा नभएका काम छन् भने आगामी दुई महीनामा दोब्बररुपमा काम गर्नुपर्छ । त्यसो हुन नसकेकामा वार्षिक लक्ष्य पूरा हुन नसक्ने स्थिति हुन्छ । यसमा साथीहरुको ध्यान जाओस् । काम बढी गर्न र प्रतिवेदन चुस्त, दुरुस्त राख्नुहोस् ।” 

Related image

बैठकमा प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनको काममा तीव्रता दिन पनि आफूहरुलाई सचेत गराएको कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले जानकारी दिएका छन् ।   

प्रधानमन्त्री ओलीले एक महिनाअघि  सबै मन्त्रीहरुसँग र मन्त्रीहरुले आ-आफनो मन्त्रालयका सचिवसँग एक वर्षे कार्य सम्पादन सम्झौंता गरेका थिए। त्यसैमा केन्द्रित भएर सबै मन्त्रालयको चालू आर्थिक वर्षको दुई महिनाको कार्य प्रगति समीक्षा गरिएको हो। 

उक्त  बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बजेट, कार्यक्रम र सम्बन्धित मन्त्रीसँगको कार्यसम्पादन सम्झौतानुसार प्राप्त प्रगति विवरण प्रस्तुत गरेका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *