धरिलो हतियारको प्रहारबाट एकको मृत्यु

भाद्र २३, धनुषा । धनुषामा अज्ञात समूहको धारिलो हतियारको प्रहारबाट एक ६० वर्षे पुरुषको मृत्यु भएको छ ।   

आईतबार राती मिथिला बिहारी नगरपालिका वडा नम्बर–१० ठेरा टोल बस्ने ६० वर्षका रामवरण शर्मालाई तारापट्टी बजारबाट घर फर्कने क्रममा अज्ञात समूहले धरिलो हतियार प्रहार गरेका थिए । 

धारिलो हतियारको प्रहारबाट गम्भिर घाइते भएका  शर्मालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजादैँ गर्दा बाटोमा नै उनको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् । 

Image result for धरिलो हतियारको प्रहारबाट एकको मृत्यु

प्रहरीका अनुसार मिथिला बिहारी नगरपालिका वडा नं ८ स्थित कचुरीमा पहेलो रंगको अपाचे मोटरसाइकलमा आएका दुई व्यक्तिले उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको  अनुसन्धानको क्रममा खुलेको छ ।   

हाल उनको शवलाई पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *