‘आइफा अवार्ड’मा यी नायक-नायिकाले पाए उत्कृष्ट अवार्ड

एजेन्सी, असाेज ३, भारत । नेपालमा हुने भनिएको आईफा अवार्ड विरोध आएपछि बुधबार भारतको मुम्बईमै सम्पन्न भएको छ । यस अवार्डमा आलिया भट्टले बाजी मारेकी छिन् । उनको फिल्म ‘राजी’ले उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेत्री अवार्ड हात पारेको छ । त्यसैगरी, उत्कृष्ट अभिनेताको अवार्ड रणवीर सिंहले ‘पद्मावत’बाट पाएका छन् । 

रणवीर सिंहले उत्कृष्ट अभिनेताको अवार्ड हात पार्दा ‘उरी’ फेमका नायक विक्की कौशललाई सन्जुबाट सह–अभिनेताको अवार्ड दिइएको छ । श्रीराम राघवनले अन्धाधुनबाट उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । 

आइफा अवार्डको पुर्णसूची सहित : 

उत्कृष्ट फिल्म – राजी 

उत्कृष्ट अभिनेत्री – आलिया भट्ट (राजी) 

उत्कृष्ट अभिनेता – रणवीर सिंह (पद्मावत) 

उत्कृष्ट निर्देशन – श्रीराम राघवन (अन्धाधुन) 

उत्कृष्ट सह–अभिनेत्री – अदिति राव हैदरी (पद्मावत) 

उत्कृष्ट सह–अभिनेता – विक्की कौशल (सन्जु) 

उत्कृष्ट नव–नायिका – सारा अली खान (केदारनाथ) 

उत्कृष्ट नव–नायक – ईशान खट्टर (धड्क) 

उत्कृष्ट कथा – श्रीराम राघवन, पुजा लोधा श्रुति, अरिजीत विश्वास, योगेश चन्देकर र हेमन्त राव (अन्धाधुन) 

उत्कृष्ट संगीत – सोनुको टीटूकी स्विटी 

उत्कृष्ट रचनाकार – अभिताभ भट्टाचार्य (धड्क) 

उत्कृष्ट पाश्र्यव गायन – अरिजीत सिंह (राजी– ए वतन) 

विशेष अवार्ड 

पछिल्लो २० वर्षमा उत्कृष्ट अभिनेत्री – दीपिका पादुकोण 

पछिल्लो २० वर्षमा उत्कृष्ट अभिनेता – रणबीर कपूर 

पछिल्लो ३० वर्षको उत्कृष्ट फिल्म – ‘कहो ना प्यार हो’बाट ऋतिक रोशन र अमीषा पटेल 

पछिल्लो २० वर्षको उत्कृष्ट निर्देशक – राजकुमार हिरानी 

पछिल्लो २० वर्षको उत्कृष्ट संगीतकार – प्रितम 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *