बराहको रजत जयन्तिमा उद्योग मन्त्री मातृका यादवले भनेः‘धरानमा औद्योगिक ग्राम बनाउन स्वीकृत भएकोे छ’

असोज १३, धरान । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले धरानको पानवारीमा औद्योगिक ग्राम बनाउन स्वीकृत भएको बताएका छन् । आज धरानमा बराह ज्वेलरी इन्डष्ट्रिजको २५ औं रजत जयन्ति कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले धरानको वडा नं ६ पानवारीमा औद्योगिक ग्राम बनाउन उपमहानगरपालिकाले गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको सार्वजनिक गरे । 

मन्त्रीपरिषद बैठकले धरानसहित ३२ स्थानीय तहमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको र त्यहाँ साना तथा मझौला उद्योग स्थापना गर्ने बताए । ‘ यो निर्णय धरानको विकास र विस्तारका लागि अपरिहार्य थियो । मन्त्रीपरिषद्ले यसलाई स्वीकृत गरसकेको छ ।’ मन्त्री यादवले भने । 

उनले उक्त औद्योगिक ग्राममा साना तथा मझौला किसिमका उद्योगहरु खोल्न सकिने बताउँदै सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम बनाउने उद्घोष गरेअनुसार ३२ वटामा ग्राम निर्माण गर्ने निर्णय गरेको जानकारी दिए ।  असोज ७ गते बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार १ नं प्रदेशमा धरानमा मात्र औद्योगिक ग्राम बनाउने निर्णय गरिएको हो । सरकारले ग्रामको लागि घेराबारा, पानी, विजुली र बाटो निर्माण गर्न बजेट दिने मन्त्री यादवले जानकारी दिए ।  

मन्त्री यादवले चाडवाडमा बजार अनुगमन गर्दा अनुगमनमा खटिएका टोलीमाथि ब्यापारीहरुले अवरोध गरेको घटना प्रति निर्वाध रुपमा बजार अनुगमन गर्न दिन आग्रह गरे । केहि दिन देखि वाणिज्य आपुर्ती मन्त्रालय र उपभोक्ता निकायका प्रतिनिधिहरुको टोलीले बजार अनुगमन गरिरहेको र ब्यापारीले कुनैपनि प्रकारले उपभोक्तालाई ठग्ने कार्य गरे आफु कडा रुपमा उत्रने मन्त्री यादवको भनाई थियो ।    

कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले धरानमा औद्योगिक ग्राम बनाउन २० बिघा जग्गा संरक्षण गरिएको बताइन् । त्यहाँ साना खालका उद्योगहरु स्थापना गरेर आर्थिक उपार्जन गर्ने र रोजगारी सृर्जना हुने उनले अपेक्षा व्यक्त गरिन् । 

आठ पत्रकारलाई सम्मान 

बराह ज्वेलरीको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिका अवसरमा धरानमा रहेर पत्रकारिता गर्ने आठ पत्रकारलाई सम्मान तथा पुरस्कृत समेत गरिएको छ । यसरी सम्मानीत हुनेहरुमा इन्द्र बराह स्मृति पत्रकारिता सम्मानबाट अग्रज पत्रकार गंगा वराल १६ हजार ५ सय ५५ रुपैंया नगद सहित सम्मानित भइन् । इन्द्र बराह प्रोत्साहन पत्रकारिता पुरस्कारबाट रत्न प्रसाद आचार्य र गमबहादुर लम्जेल पुरस्कृत भए । उनीहरु दुवैले जनही १३ हजार ५ सय ५५ रुपैया प्राप्त गरे । 

 रजत उत्सव पत्रकारिता सम्मानबाट भैरव आङ्ला, गोपाल दाहाल, सन्तोष काफ्ले पुरस्कृत भए । उनीहरुले जनही १३ हजार ५ सय ५५ रुपैया समेत पाए । रजत उत्सव पत्रकारिता प्रोत्साहन पुरस्कारबाट मकालु सहकर्मी भरतराज शर्मा गोपाल सहित विनय प्रधान पुरस्कृत भए । उनीहरुद्वयले जनही १० हजार ५ सय ५५ रुपैया पाए । आज बराह ग्रुपका अध्यक्ष शिव लामिछाने, बिशिष्ट अतिथि एवं कृर्षि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश उपसभामुख सरस्वती पोखरेललगायतले उनीहरुलाई सम्मान गरेका थिए । 

रक्तदान र स्मृति ग्रन्थ सार्वजनिक 

रजत जयन्ती समारोह शुरु हुनु अघि बिहानैदेखि सभागृह परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम स्थलमा विभिन्न स्टलहरु राखिएको थियो । यस्तै, ज्वेलरी शोपनि आयोजना गरिएको थियो । ज्वेलरी शोमा शो टपरको रुपमा चर्चित नायिका तथा मोडल रिमा विश्वकर्मा थिइन् । विविध सांगितिक कार्यक्रम सहित भइरहेको वार्षिकोत्सव समारोहमा पदम विश्वकर्माद्धारा लिखित इन्द्र स्मृति ग्रन्थ निसिपको लोकार्पण समेत गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *