बिहारमा नितिश कुमारले लगाए पान मसलामा प्रतिबन्ध

एजेन्सी । भारतको बिहार राज्य सरकारले पान मसला गुटखामाथि प्रतिबन्ध लगाएको छ । बिहार सरकारले रजनीगन्ध, राजनिवास, सुपर्मिम, पानपराग, बिहार पान, बाहुबली, राजश्री, रेनुका, सिग्नेचर र कमला पान मसलामामा प्रतिबन्ध लगाएको हो । 

नितिश कुमार नेतृत्वको राज्य सरकारले १२ ब्रान्डका पान मसलाको उत्पादन, भण्डारण र ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ । म्याग्नेसियम कार्बोनेटको मात्रा मिसिएको पाइएपछि प्रतिबन्ध पान मसलामा प्रतिबन्ध लगाइएको बिहार राज्य सरकारले बताएको छ । 

बिहारको खाद्य सुरक्षा विभागले गरेको अध्ययनबाट मुटुमा असर गर्ने तत्व पाइएपछि प्रतिबन्ध पान मसलामाथि लगाउन सिफारिस गरेको थियो । विहार सरकारले हालैमात्र सबै प्रकारका गुटखा उत्पादन, वितरण तथा भण्डारमा प्रतिबन्ध लगाइसकेको छ । यसअघि भारतकै दिल्ली राज्य सरकारले पनि पान मसला तथा गुट्खामा प्रतिबन्ध लगाएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *